रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा काठमाडौं र पोखरामा छुट्टाछुट्टै प्रदर्शन गर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले लामिछानेलाई शुक्रबार साँझ रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । लामिछाने पक्राउको विरोधमा रास्वपा केन्द्रीय समितिको आह्वानमा आज काठमाडौंको माइतीघर र पोखराको चिप्लेढुंगामा प्रदर्शन गर्न लागेको हो ।

‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै रास्वपाले काठमाडौंमा दिउँसो १ बजे र पोखरामा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।

सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएपछि सीआईबीले हिजो लामिछानेलाई पक्राउ गरेर आज बिहान ३ बजे कास्की प्रहरीलाई बुझाएको छ । उनीमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान हुनेछ ।

पोखराको सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट करोडौँ रकम गैरकानुनी रुपमा ल्याएर गोरखा मिडिया नेटवर्कबाट अपचलन गरेको आरोप लामिछानेमाथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?