रास्वपा नेताहरु पोखरामा, रविलाई भोलिमात्रै अदालतमा उपस्थित गराइने

लोकपथ
91
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार (भोलि) मात्रै अदालतमा उपस्थित गराइने भएको छ ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार साँझ लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो ।

हिजै पोखरा पुर्याइएका रविलाई आज बिहान ३ बजे सीआईबीले जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको थियो ।

आज अदालतमा उपस्थित गराइने तयारी गरिए पनि आज शनिबार परेका कारण भोलि मात्रै उपस्थित गराउन लागिएको हो ।

लामिछाने पक्राउ परेसँगै रास्वपाका शीर्ष नेताहरु पोखरामा केन्द्रीत भएका छन् । नेताहरु शुक्रबार राति नै पोखरा पुगेका थिए । पोखरामा उपलब्ध नेताहरुले पक्राउको विरोधमा थप रणनीति बनाउन छलफल समेत सुरु गरेका छन् । आज रवि पक्राउ परेको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन हुँदैछ ।

सडकमार्गबाट पोखरा रविलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा रविका समर्थकहरुले विरोध प्रर्दशन समेत गरेका थिए ।

सहकारीको रकम ठगीको प्रकरणबारे छानबिनका लागि गठित समितिले रविमाथि अनुसन्धान गर्न सिफारिस गरेसँगै उनी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?