काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।
पोखरामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै रास्वपा सहप्रवक्ता समेत रहेका झाले लामिछानेका लागि आफू मर्न समेत तयार रहेको बताए ।
शुक्रबार लामिछाने पक्राउ पर्नुअघि दिएको अभिव्यक्ति स्मरण गर्दै उनले भने, ‘हिजो रवि दाइले बोल्नु भएको कुरा तपाईँहरुले पनि सुन्नुभयो होला । यदी मलाई जीवित छोडे भने यो भ्रष्टाचारी कसैलाई छोड्दैनौँ । रवि दाई मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु । यिनीहरुलाई रगत चाहिएको हो ? यिनीहरुलाई रगत चाहिएको हो भने रगत दिन तयार छौँ । शहीद चाहिएको हो ? यो दलको शहीद छैन भन्या होइन ? म शहीद बन्न तयार छु । तर यो देश परिवर्तन गरेरै छोड्ने, यो ठगहरुलाई भ्रष्टहरुलाई ठिक पारेरै छोड्ने हो ।’
उनले आफूहरुले सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित विशेष समितिले ठहर गरेको ४० सहकारीको ८७ अर्ब गठीको विषयमा आवाज उठाइरहेको तर सरकार भने रविलाई मात्रै टार्गेट गरिरहेको आरोप लगाए ।
उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिशोध साधेर लामिछानेलाई पक्राउ गरिएको भन्दै आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए । सहकारी ठगी प्रकरणमा रवि जोडिएको विषयमा चर्को आवाज उठाउने कांग्रेस महामन्त्री गगन थापाविरुद्ध समेत आक्रोश व्यक्त गरे । उनले गगनले २० वर्षदेखि नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ भनेर राजनीति गरेको मान्छे अहिले प्रधानमन्त्री केपी ओलीको संगतमा लागेर नयाँ दलमाथि खनिएको टिप्पणी गरे ।
यो पनि
ओलीको संगतले गगन थापा नांगिए : मनिष झा
गगनलाई मनिषको चुनौती– ‘तपाईँको दलमा कुनै ठग छैन भन्ने आँट छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया