काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शनिबार दिउँसो काठमाडौं र पोखरामा एकैपटक विरोध प्रदर्शन भएको छ ।
काठमाडौंको माइतघर मण्डला र पोखराको मानवअधिकार चोकमा रास्वपा समर्थकहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारको विरुद्ध नाराबाजी समेत गरेका छन् ।
सहकारी ठगी प्रकरणमा शनिबार साँझ प्रहरीले रास्वपा केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । लामिछानेलाई हिजो साँझ नै पोखरा लगिएकोमा आज बिहान ३ बजे मात्र कास्की प्रहरीको जिम्मा लगाइएको थियो । आज शनिबार परेका कारण भोलि मात्रै उनलाई अदालतमा उपस्थित गराइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया