काठमाडौं । नेपाल र अमेरिकाको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपर ओभरमा गएको छ ।
सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेको थियो ।
अमेरिकाका लागिआन्द्रेस गसले अर्ध शतक प्रहार गरे। नेपाल प्रिमियर लिग ९एनपिएल० टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे ।
त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो ।
बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया