सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला 

लोकपथ
560
Shares

काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई श्रृंखलाको खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ । 

निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।  सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो । 

उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोली प्रतिस्पर्धा गर्ने छ । 

यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो ।  दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

जवाफमा अमेरिकाले पनि १ सय ७० रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।  डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । 

त्यस्तै गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।  अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २–२ विकेट लिए ।  १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रननै बनायो । 

अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए ।  थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ विकेट लिँदा सोमपाल कामीले २ र सागर ढकाल तथा दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?