जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित जनता सँग जसपा नेपाल, आधारभूत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
कांग्रेस कम्युनिष्टले ३५ वर्ष गरेको शासनको उपलब्धि कुशासन, भ्रष्टाचार, विदेशी ऋृण थोपार्नु मात्र रहेको दाबी गर्दै अध्यक्ष यादवले उनीहरू विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा.सुरेन्द्र यादव, केन्द्रीय सदस्य दीपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष बाल किशोर यादव सहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरू बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया