निफ्राको उर्जा ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । 

‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)’ नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको हो ।  यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने वार्षिक ६ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा निष्काशन कम्पनीका नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?