रविलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

लोकपथ
189
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई केहीबेरअघि अदालत उपस्थित गराइएको हो ।

सहकारी ठगी प्रकरणका लागि गठित छानबिन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

शनिबार बिहान सीआईबीले कास्की प्रहरीलाई बुझाएसँगै थप कारबाही प्रक्रिया अघि बढाउन लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका थिए ।

लामिछाने पक्राउको विरोधमा शनिबारबाटै रास्वपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?