लागुऔषधसहित पाँच जना पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । झापा र उदयपुरबाट अवैध लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

झापाको भद्रपुर नगरपालिकाट्ठ-३ झोलुङ्गे पुलस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–२ बस्ने २५ वर्षीय बिष्णु राजवंशी रहेका छन् ।

प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ प्रगती टोलबाट अवैध लागुऔषध गाँजा १ सयख५० ग्राम र स्पास्मो ५० ट्याव्लेट सहित चार जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका–१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका–११ बस्ने २८ वर्षीय असिम राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?