काठमाडौं । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति समेत गठन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उक्त अध्ययन समिति गठन गरेको हो ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा गठित उक्त समितिको सदस्यहरुमा हवाइ व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाइ सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाइ सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाज प्रसाद प्रधान रहेका छन् । भने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सदस्यसचिव रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सो दिन बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरो तथा प्राकृतिक विपत्ति प्रभावितहरुलाई तत्कालका लागि १ करोड ७५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बैठकले सरकारबाट संकटग्रस्त क्षेत्र घोषणा भएका २० जिल्लाका ७१ स्थानीय तहहरुमध्ये अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यो पनि
यी हुन् मन्त्रिपरिषद्का २३ निर्णयहरु (पूर्णपाठ)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया