रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

लोकपथ
168
Shares

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् । 

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।  बहसपछि उनलाई तारिखमा छाड्ने वा थुनामै राखेर अनुसन्धान गर्नेबारे निर्णय अदालतले दिनेछ ।

सहकारी ठगी प्रकरणका लागि गठित छानबिन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

शनिबार बिहान सीआईबीले कास्की प्रहरीलाई बुझाएसँगै थप कारबाही प्रक्रिया अघि बढाउन लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?