काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालयको भवन निर्माणका लागि दान पाएको जग्गाको विरुद्धमा बोल्ने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले पार्टीको आधिकारिक निर्णयकाविरुद्ध जाने नेताहरुलाई स्पष्टीकरण सोध्न लागिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनासहित पूर्व उपाध्यक्ष भीम रावललाई समेत स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
रावलले लामो समयदेखि पार्टीको नीतिविपरित काम गरेको भन्दै त्यसको विषयमा समेत स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले कीर्तिपुरमा जग्गा दान दिएर एमालेले पार्टी कार्यालय बनाउने तयारी गरेको छ ।
मीनबहादुरले १० रोपनी भन्दा बढी जग्गासहित भवन समेत बनाइदिने भएसँगै त्यसको चौतर्फी विरोध समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया