काठमाडौं । न्युजिल्यान्डले पहिलो पटक टी–२० महिला विश्वकपको उपाधि उचालेको छ ।
आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो ।
यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो ।
१५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया