काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरुद्धमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।
आज मध्यान्न १२ बजे रास्वपाले पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गर्न लागेको हो । त्यसो त यसअघि शनिबार र आइतबार पनि रास्वपाले प्रदर्शन गरेको थियो ।
आइतबारको प्रदर्शनका क्रममा प्रहरीले थप बल समेत प्रयोग गरेको थियो ।
सहकारी ठगी प्रकरणमा काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा पुर्याइएको थियो । आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया