सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन सिके राउतको निर्देशन

लोकपथ
273
Shares

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टीको सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ ।

आइतबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले सोसहित अन्य ७ वटा निर्णयहरु समेत गरेको छ ।

निर्णयको ७औँ नम्बरमा भनिएको छ, ‘देशको विषम राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीको सबै तहका संगठनलाई आन्दोलनको लागि तयार रहन निर्देशन गरिएको छ ।’

त्यस्तै बैठकले मधेश प्रदेश सरकारको कामकारबाहीको आवश्यक समीक्षा गरी गठबन्धन दलहरुसँग परामर्श गरी सहजीकरण गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको ध्यान सरुवा बढुवामा गएको भन्दै योजना कार्यान्वयनका लागि सुझाव दिने निर्णय भएको अध्यक्ष राउतले बताए ।

साथै आगामी ०८४ को निर्वाचनमा बहुमतले तीनै तहमा सरकार बनाउनका लागि हरेक किसिमका तयारी गर्ने निर्णय समेत सर्वमम्मतले पारित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?