गण्डकीको वनमन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीमा नेपाली कांग्रेसका सांसद भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई रिक्त रहेको वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघिका वन मन्त्री रहेका स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेले राजीनामा दिएसँगै उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई वन मन्त्री बनाएसँगै असन्तुष्ट रहेका उनले राजीनामा दिएका हुन् ।

नवनियुक्तमन्त्री पौडेलको आज अपरान्ह ४ बजेका लागि शपथग्रहणको कार्यक्रम राखिएको छ । नवनियुक्त मन्त्री पौडेल कांग्रेसको संस्थापन इतरका नेता हुन् । गत निर्वाचनमा उनी लमजुङ प्रदेश सभा ख बाट निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशमा ९ मन्त्रालय रहेका छन् । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका ४–४ मन्त्री रहेका छन् । भने नेपाल समाजवादीबाट फणिन्द्र देवकोटा मन्त्री रहेका छन् । यससँगै गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?