विद्युतीय सवारीमा धुवाँ निस्किएको सन्दर्भमा कम्पनीले भन्यो- ‘प्राविधिक खराबीका कारण धुवाँ निस्कियो’

लोकपथ
420
Shares

काठमाडौं । काठमाडौंको सितापाइलामा आज बिहान पार्किङमा राखिएको विद्युतीय कारबाट धुवाँको मुस्लो निस्किएको सम्बन्धमा कम्पनीले जवाफ दिएको छ ।

सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा मर्मतका लागि ल्याइएको बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेस ब्राण्डको विद्युतीय कारबाट आज बिहान धुवाँको मुस्लो निस्किएको थियो । कारमा प्राविधिक खराबीका कारण धुवाँ निस्किएको कम्पनीले जनाएको छ ।

गाडीमा देखिने नियमित प्राविधिक समस्या समाधानका लागि सर्भिस सेन्टरमा ल्याइएको उक्त कारमा सर्ट सर्किट भएर धुवाँ निस्किएको कम्पनीको भनाई छ ।

कम्पनीले उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैको कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ ।

कम्पनीले गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएको जनाएको छ । तर, धुवाँ निस्किएको सम्बन्धमा थप अनुसन्धान भने भइरहेको जनाएको छ । कम्पनीले तोकिएको सेवा केन्द्रहरूबाट मात्रै मर्मत सम्भार गराउन पनि ग्राहकहरूलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?