‘बहिष्कार’ गर्नेसम्मको कांग्रेस नेताहरुको चेतावनीपछि मोरङकका एसपी लिम्बुको काज दुई दिनमै रद्द

लोकपथ
630
Shares

काठमाडौं । आर्थिक अपचलन गरेको अभियोगमा मोरङ प्रहरी प्रमुखबाट हटाइएका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीको ठाउँमा एसपी राजन लिम्बुलाई काज सरुवा गरिएको भएपनि उनको सरुवा बदर गरिएको छ ।

नेपाली कांग्रेसका मोरङका नेताहरू र कांग्रेस कोशी प्रदेशका सांसदहरूले विरोध थेग्न नसकेपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीन दिनमै आफ्नो निर्णयबाट पछि हटेका छन् । महानिरीक्षक कुँवरले मोरङको नयाँ प्रहरी प्रमुखमा नारायणप्रसाद चिमोरियालाई पठाएका छन् । सुनसरीस्थित दंगा नियन्त्रण गणमा कार्यरत चिमोरिया झापाका स्थानीय हुन् ।

२०८० फागुन २ मा मोरङ प्रहरी प्रमुखको नेतृत्व सम्हालेका एसपी कार्कीले आर्थिक अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तान्दै २ कात्तिकमा लिम्बुलाई नयाँ प्रमुख बनाएर लिम्बुलाई पठाउने निर्णय महानिरीक्षक कुँवरले गरेका थिए । तर, सो निर्णयमा कांग्रेसका नेताहरूले चर्को असन्तुष्टि जनाएपछि महानिरीक्षक कुँवरले आफ्नो निर्णय ३ दिनमै रद्द गरेका हुन् । र, चिमोरियालाई मोरङको नयाँ प्रहरी प्रमुख बनाउने निर्णय लिएका हुन् ।

लिम्बुलाई कांग्रेस नेताहरुले सहजै स्वीकार्न नसक्नुमा उनी ताप्लेजुङको प्रहरी प्रमुख हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामसँगको विवाद हो । त्यसबेलादेखि नै लिम्बुसँग कांग्रेसको कोशी प्रदेश नेतृत्व असन्तुष्ट छ ।

कांग्रेस नेताहरुले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक कुँवरसँग लिम्बुलाई बहिस्कार गर्नेसम्मको चेतावनी दिएपछि महानिरीक्षक कुँवर पछि हटेको स्रोतको भनाइ छ । लिम्बु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएकाले पनि कांग्रेस नेताहरूले असन्तुष्टि जनाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?