जुम्ला पुगेर प्रचण्डले भने– ‘१०० दिन पुगेपछि सरकारको विरोध सुरु हुन्छ’

लोकपथ
140
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु हुने बताएका छन् ।

जुम्लाको सिञ्जा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले आज विपक्षी दलका तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने र एक सय दिन पुगेपछि विरोध सुरु गर्ने बताए ।

‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ,’ उनले भने ।
त्यस्नै उनले पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदाको गलत परिणाम देखिन थालेको बताउँदै आगामी दिनमा पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाएको कहिल्यै नसुनिने समेत बताए ।

‘पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन,’ उनले अघि भने, ‘अप्राकृतिक ढंगले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई बाहिर निकाल्ने काम गर्नुभएको छ । यो सामान्यत संसदीय लोकतन्त्र भनिने ठाउँमा यस्तो हुँदैन ।’

त्यस्तै उनले सरकारले दुई तिहाइको दम्भमा आफ्नो अकर्मन्यता देखाउन खोजेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?