तस्बिरमा हेर्नुहोस् रास्वपाको आन्दोलन

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा आज पनि रास्वपाले आन्दोलनलाई निरन्तरता दिएको हो ।

लामिछाने शुक्रबार साँझ काठमाडौंको बनस्थलीबाट पक्राउ परेसँगै नेताहरु पोखरा केन्द्रित भएका छन् ।

शनिबारबाट सुरु भएको आज तेस्रो दिन पोखराको पृथ्वीचोकमा भएको छ ।

हिजोको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

तस्बिरहरु : रास्वपाको फेसबुक पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?