गण्डकीका नवनियुक्त वनमन्त्री पौडेलले लिए शपथ

लोकपथ
49
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई आजै मन्त्री नियुक्त गरेका थिए ।

यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङेले वन मन्त्रीबाट राजीनामा दिएसँगै उक्त मन्त्रालय मन्त्रीवीहिन रहेको थियो । भौतिक पूर्वाधार मन्त्री रहेका मनाङेलाई मन्त्रालय परिवर्तन गरेपछि असन्तुष्ट बन्दै राजीनामा दिएका थिए ।

योसँगै गण्डकी प्रदेशमा सरकारले पूर्णता पाएको छ । ९ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट ४, एमालेका तर्फबाट ४ र नेपाल समाजवादीका तर्फबाट एक जना मन्त्री रहेका छन् ।

कांग्रेसबाट प्रदेश सभा सदस्य रहेका पौडेल गत निर्वाचनमा लमजुङ प्रदेश सभा ख बाट निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसको संस्थापन इतरका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?