पोखरामा ‘हट एयर बेलुन’ मा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक (फाेटाेफिचर)

लोकपथ
63
Shares

पोखरा । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो– हट एयर बेलुन ।

पोखरामा सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृंखला हेर्न सकिन्छ ।

यस्तै, फिस्टेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?