नेपालद्वारा माल्दिभ्समाथि गोलको वर्षा, ११–० गोल अन्तरले विजयी

लोकपथ
518
Shares

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिपमा मल्दिभ्सलाई गोलको वर्षा गर्दैै जित हात पारेको छ ।

सोमबार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले हराउँदै जित हात पारेको हो ।

नेपालका लागि प्रीति राईले ३ गोल र रेखा पौडेलले ५ गोल गरिन् ।
त्यस्तै सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक(एक गोल गरिन् ।

नेपाल खेलको पहिलो हाफमा ४–० गोलले अगाडि रहेकोमा दोस्रो हाफमा ७ गोल थपेको थियो ।

साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जितपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?