माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आगामी कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टीले त्यस दिन जनप्रदर्शन र खबरदारी सभा गर्न लागेको जानकारी दिएका हुन् ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा जनप्रदर्शन र खबरदारी सभा गर्नु परेको उनको भनाइ थियो ।

उनले पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको निर्णयअनुसार नै खबरदारी सभा गर्न लागिएको प्रष्ट पार्दै खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन पनि दिए ।

माओवादी केन्द्रले विपद व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?