संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई सभामुखले छलफलमा बोलाए

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान साढे ११ बजे दफावार छलफलका लागि विधेयक रहेका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन् ।

अधिवेशन नभएको अवस्थामा सांसदहरु जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउनसमेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन् ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

समितिमा दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?