वस्तुनिष्ठ मूल्यांकनको आधारमा न्यायाधीश नियुक्ति गरिन्छ : प्रधानन्यायाधीश राउत

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्यांकनको आधारमा गरिने बताएका छन् ।

पूर्वन्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारबाहीहरु पारदर्शी हुनुपर्ने बताए । 

उनले अदालतमा हुने गतिविधि र काम कारबाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्ने गरी सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रहसमेत गरे । 

कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रक्रियामा तत्काल हस्तक्षेप गरी कानून सम्मत ढंगले सक्षम योग्य र इमानदार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद् नियमावलीमा भएका विवादहरूको उपयुक्त समाधान गरेर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रिय महत्त्व एवम् संवेदनशील विवादलाई प्राथमिकता दिई शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि बताए । 

कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रक्रियालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनु पर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?