कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु

लोकपथ
35
Shares

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी संगठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ ।

अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँचीमा खटिएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए। 

अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिए । 

सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रूपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्य योजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिए ।

भ्रातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताए । अभियान आउँदो पुस १६ गते वीपी जयन्तीका दिन समापन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?