काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाल संवत् ११४५ को उपलक्ष्यमा सबै जनालाई शुभकामना व्यक्त गर्न चाहन्छु । आउँदै गरेको कार्यक्रमलाई सफल पार्नको लागि सबै मिलेर यसमा सहयोग गर्नुपर्छ । प्रशंसा गर्ने लायकको कार्यक्रम अगाडि बढाउनुपर्छ । व्यक्तिगत तर्फबाट र सरकारबाट हुनुपर्ने काममा सक्रिय रहने छु ।’
यस्तै, उनले नेपाल संवतलाई सफल पार्ने काम हामीले नगरे कसैले नगर्ने भन्दै नयाँ वर्षलाई सफल पार्नको लागि सबैलाई आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया