सलमानको घरमा गोली चलाउने सुटरको निवेदन खारेज

लोकपथ
161
Shares

मुम्बई । मकोका अदालतले सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानतको निवेदन  खारेज गरेको छ ।

बिहीबार महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन (मकोका) को विशेष अदालतले यदि अभियुक्त रिहा भएमा उसले भविष्यमा फेरि यस्ता घटना गर्न सक्ने भन्दै निवेदन खारेज गरेको हो । आरोपीको मनसाय सलमान खानको हत्या गर्ने रहेको अदालतको ठहर गरेको  छ ।

सलमानका नजिकका सहयोगी र महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दिकीको हत्यामा पनि लरेन्स ग्याङको नाम आएको थियो । उनलाई १२ अक्टोबर राति करिब ९ः३० बजे बान्द्रामा गोली हानी हत्या गरिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?