बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्‍यो : मन्त्री पाण्डे 

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औँल्याएका छन् ।  मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ,’ उनले भने,‘कतिपय प्रतिष्ठानहरू नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरूको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरूलाई एकरूपता हुनेगरी व्यवस्थित गर्न जरुरी छ ।’  मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको पनि बताए । 

उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरूले चिन्ता र चासो लिनुपर्नेमा जोड दिँदै प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गरे । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरू गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरूले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए । 

साथै, ललितकला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण पनि गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?