शेयर बजारमा २५.८८ अंकको बृद्धि, ४ अर्ब १७ करोडको कारोबार

लोकपथ
49
Shares

काठमाडौं । दुई दिनदेखि ओरालो लागेको शेयर बजार आज मंगलबार २५.८८ अंकले बढेको छ ।

मंगलबार सूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकम भने सुस्त छ । यस दिन सबै समूहका सूचक बढ्दा ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यसअघि आइतबार र सोमबार बजार १०५.४३ अंकले घटेको थियो ।

१९९ कम्पनीको शेयर मूल्य बढेको बजारमा ४० कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। ३ सय १४ कम्पनीको १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सले १७ करोड ३२ लाखभन्दा बढीको कारोबार गर्यो । यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा कुमारी बैंक र तेस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?