३ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

लोकपथ
280
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

प्राधिकरणले समयमा नविकरण नगर्ने र तोकिएको शर्त पालना नगरेका कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको हो । प्राधिकरणले रेग्मी मिडिया इंक, सी. डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स खारेज गरेको सार्वजनिक सूचना जारी गरेको हो ।

यी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम कारबाहीसहित लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ । कम्पनीले तिर्न/बुझाउनपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने अन्यथा कानून बमोजिम थप कारबाही हुने पनि प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?