रवि लामिछानेको सरकारी वकिलसमक्ष बयान लिन सुरु

लोकपथ
161
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको सरकारी वकिलसमक्ष बयान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी र वकिलले उनीसँग बयान सुरु गरेका हुन् ।

गत कार्तिक २ गते शुक्रबार काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेसँगै त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ताहरुले पोखरा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

शनिबारदेखि सुरु भएको आन्दोलन आज पनि जारी छ । लामिछानेको बयान चलिरहँदा पोखराको पृथ्वीचोकमा रास्वपा समर्थकहरुले आन्दोलन गरिरहेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीको करोडौँ रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर पोखरा पुर्याएको हो । उनीमाथि सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने तयारी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?