काठमाडौं । भिस्तारा एयरको विमानमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायले विमानको चेकजाँच थालेका छन् ।
दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा को उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि चेकजाँच थालिएको हो ।
काठमाडौं विमानस्थलमा केही समय उडान–अवतरण रोकिए पनि अहिले पुनःसञ्चालनमा आएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।
विमानस्थलमा अपरान्ह साढे ४ बजे ल्यान्ड भएको उक्त विमानमा कुल १५७ यात्रु थिए । प्रहरीका अनुसार विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको र उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया