कुमारी बैंकको ‘तिहार तथा छठ क्यासब्याक अफर’ सञ्चालनमा

लोकपथ
56
Shares

काठमाडौं । कुमारी बैंकले आउँदो तथा तिहार, किजा पूजा छठ पर्वलाई लक्षित गरेर ‘तिहार तथा छठ क्यासब्याक अफर’ सञ्चालनमा ल्याएको छ ।


तिहार, किजा पूजा छठ पर्वको शुभकामना स्वरुप कार्तिक १४ देखि कार्तिक २२ गतेसम्मको ९ दिनका लागि ‘तिहार तथा छठ क्यासब्याक अफर’ सञ्चालन गरिएको हो । भाई टिका तथा किजा पूजाकोे दिनमा मोबाइल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो एकहजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।


यस्तै अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।


लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ । यसप्रकारको अफरले चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?