चालु आर्थिक वर्षको तीन महिनामा अधिकांश बैंकहरुले बढाए नाफा, कुनको कति ?

लोकपथ
70
Shares

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा अधिकांश बैंकहरुले आफ्नो नाफा बढाएका छन् । भर्खरै पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफामा उल्लेख्य बृद्धि भएको देखिएको हो ।


तीन महिनाको अवधिमा १२ वटा बाणिज्य बैंकहरुको नाफा बढ्दा ८ बैंकको नाफामा कमि आएको छ । यस अवधिमा बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंंकहरुको नाफा १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।


असोज मसान्तसम्म धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । यस बैंकको खुद नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।

यस्तै, धेरै नाफा कमाउनेमा दोस्रोमा छ ग्लोबल आइएमई बैंक । यस बैंकले असोज मसान्तसम्ममा १ अर्ब ५१ करोड खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो ।


धेरै नाफा कमाउने बैंकको तेस्रोमा छ नेपाल इन्भेष्टमेन्ट मेगा । यो बैंकले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार नाफा कमाएको छ । यसैगरी, प्राइम बैंकले १ अर्ब २८ करोड बढी, एनएमबि बैंकले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभु बैंकले १ अर्ब ४ करोड बढी नाफा कमाएका छन् ।


यस्तै, स्टयान्डर्ड चार्टर्डको नाफा ८६ करोड २२ लाख, नेपाल एसबीआई बैंकको ८१ करोड ४६ लाख, हिमालयन बैंकको ७२ करोड ६४ लाख, नेपाल बैंकको ६० करोड २१ लाख, लक्ष्मी सनराइज बैंकको ५३ करोड ६३ लाख बढी रहेको छ ।


असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमा बैंकले ३९ करोड ९५ लाख, सिद्धार्थ बैंकले ३८ करोड २० लाख, सिटिजन्स बैंकले २४ करोड ६ लाख, कृषि विकास बैंकले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड १३ लाख, एनआईसी एशिया बैंकले ११ करोड ५ लाख बढी नाफा कमाएका छन् ।

यसैगरी, गत आवको पहिलो त्रैमासको तुलनामा यस वर्ष केही बैंकको नाफामा कमि आएको । जसमा, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआईसी एशिया, माछापुच्छ्रे, सिटिजन्स, सानिमा बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?