मीन बहादुर विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश (आदेशसहित)

लोकपथ
420
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई करिब ११ रोपनी जग्गा दानमा दिन नमिल्ने भन्दै दायर रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दरपिठको आदेश बदर गरिदिएको हो ।

सरकार नै वादी भई मुद्दा चलिरहेको प्रतिवादीबाट प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्षले दान लिन नमिल्ने भन्दै सर्वोच्चमा कात्तिक १ गते रिट दर्ता भएको थियो ।

अधिवक्ता डा. दान बहादुर बस्नेतले दायर गरेको रिट क्षेत्राधिकार नपुगेको भन्दै सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिठ गरिदिएका थिए ।

उक्त दरपिठविरुद्ध इजलासमा निवेदन दिएका निवेदकको पक्षमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आदेश जारी गर्दै रिट दर्ता गर्न निर्देशन दिएको हो ।

मङ्गलवार जारी भए पनि लिखित आदेश भने बुधवार मात्रै आएको हो । आदेशमा यो विषय सार्वजनिक सरोकारको विषय वा विवाद हो कि होइन र निवेदकलाई त्यसको हकदैया छ कि छैन भनेर व्याख्या इजलासले गर्ने भन्दै रिट दर्ता गर्न आदेश दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?