प्रधानमन्त्री ओलीको सम्बोधन रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

लोकपथ
273
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार दिउँसो ३ बजे गर्ने भनिएको सम्बोधन रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । सरकारको सय दिन पुगेको अवसरमा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?