पूर्व गृहमन्त्री रवि लामिछानेले अदालतको बयानमा पनि सहकारीबाट ऋण लिएको स्वीकारेनन्

लोकपथ
1k
Shares

काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको आरोप अस्वीकार गरेका छन् ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेले सोमबार र मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलकाे  बयानमा आरोप अस्विकार गरेका हुन्  ।

बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋणस्वरुप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको आरोप पनि अस्वीकार गरेका हुन् ।

सहकारीको रकम हिनामिनाको आरोपसहित संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका सवालमा लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरी पोखरा लगेर बयान लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?