आफ्नै हात जगन्नाथ : मन्त्रीले श्रीमतीलाई गरे भान्सेमा नियुक्त

लोकपथ
238
Shares

काठमाडौं । आफ्नै हात जगन्नाथ भने झै सुदूरपश्चिम प्रदेशका एकजना मन्त्रीले आफ्नी श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेको पाइएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेर तलब खुवाइरहेको पाइएको हो । गत २२ साउनमा मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले आफ्नी श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेका हुन् । मन्त्री लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेर तलबसमेत खुवाइरहेको मन्त्रालय स्रोतले बताएको छ ।

श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेकोबारे मन्त्री लक्ष्मणकिशोरले भान्सेका रुपमा एक जना मुक्तकम्लरी राखेको तर आफ्नो स्वास्थ्य अवस्था जटिल रहेकोले श्रीमतीले खाना पकाउने गरेको बताए । उनले भने, ‘म लामो समयदेखि विरामी छु, चिल्लो, पिरो खान मिल्दैन, श्रीमतीलाई मेरो स्वास्थ्य र खानाका बारेमा थाहा छ ।

मलाई श्रीमतीले खाना पकाउँछिन् अरुलाई भान्सेले ।’ किड्नीको बिरामी रहेका मन्त्री लक्ष्मणकिशोरले यसो दावी गरेपनि मन्त्रालय स्रोतकाअनुसार उनले आफ्नी श्रीमती सरस्वतीलाई भान्सेमा नियुक्ति गरेर तलबसमेत खुवाइसकेका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्री लक्ष्मणकिशोरले मन्त्रालयका एकजना कार्यालय सहयोगीलाई आफ्नो घरमा घरेलु काममा लगाइरहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर नागरिक उन्मुक्ति पार्टिका संस्थापक सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?