जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारबाही हुनेछ : प्रधानमन्त्री

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।

सरकारको सय दिनको उपलब्धि सिंहदरबारबाट सम्बोधनमार्फत सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरिसकेको बताए ।

‘हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?