ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानडाबीच बैंकिङ सेवासम्बन्धी सहकार्य

लोकपथ
70
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानडाबीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानडाका व्यवसाय प्रमुख हिमादर मडिपत्लाले हस्ताक्षर गरे ।

सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुलाई आईसीआईसीआई बैंक क्यानडाको बिभित्र बैंकिङ सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।

आईसीआईसीआई बैंक क्यानडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानडाले क्यानडा बैंकिङ ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?