दाङ । अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१३ डुमरगाउँस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा, रोल्पा नगरपालिका–५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका–४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२–०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया