कोटेश्वरबाट ‘अपहरित’ महिलाको उद्धार

लोकपथ
322
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी भनिएकी महिलाको उद्धार गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले महिलाको उद्धार गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार अपहरणमा परेकी भनिएकी महिलाकै सूचनाको आधारमा प्रहरी टोलीले उनलाई भर्खरै उद्धार गरेको हो ।

अपहरणमा संलग्न भनिएका कोही व्यक्ति पनि पक्राउ परेका छैनन् ।

प्रहरीका अनुसार अपहरणमा परेकी भनिएकी महिला सर्लाही घर भएकी सिर्जना खत्री हुन् । उनी एक म्यानपावर कम्पनीमा काम गर्ने कर्मचारी रहेको र विदेश पठाउँछु भनेर रकम लिई विदेश नपठाएको कारण पीडित युवाले महिलालाई अपहरण गरेको पाइएको हो ।

पीडित युवाले महिलालाई नियन्त्रणमा लिई आफ्नी प्रेमिकाको कोठामा राखी आफूले दिएको रकम माग गरेको पाइएको छ ।
अपहरणमा परेको भने पनि महिला आफैँले प्रहरी कर्मचारी तथा पत्रकार समेतलाई फोन गरी आफू अपहरणमा परेको बताएकी थिइन् ।

प्रहरीका अनुसार पीडित युवाहरूले विदेश जान भनी करिब १८ लाख रकम दिएको र विदेश नपठाई रकम समेत फिर्ता नगरेको कारण रकम फिर्ता लिने उद्देश्यले महिलालाई बन्धक बनाएको पाइएको छ । बन्धक बनाए पनि महिलालाई यातना दिने वा सम्पर्कबाट विच्छेद गर्ने काम भने पीडितहरूले नगरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?