बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित

लोकपथ
182
Shares

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध शानदार जित दर्ता गरेको छ ।

बिहीबार बिहान सकिएको खेलमा बार्सिलोनाले बार्यनमाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जीतमा राफिन्हाले आफ्नो १००औँ खेलमा ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए ।

चार वर्षअघि लिस्बनमा ८–२ को हारपछि बार्सिलोना बार्यनसँग लगातार ६ पटक पराजित भएको थियो । जहाँ बायर्नले बार्सिलोनाविरुद्ध २२–४ को गोल अन्तर बनाएको थियो । तर, यसपटक बार्सिलोनाले पुरानो इतिहासलाई तोड्दै बायर्नमाथि जीत निकालेको हो ।

खेलको सुरुवातमा ४५ सेकेन्डमा नै राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, ह्यारी केनले बायर्नका लागि ६औँ मिनेटमा गोल गरे पनि भारले अफसाइड ठहर्‍यायो ।

त्यसपछि १८औँ मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ बनायो । राफिन्हाले ४५औँ मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे ।

५६औँ मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । सोही अग्रता जोगाउँदै बार्सिलोनाले शानदार जित दर्ता गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?