वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कायन र निम्ती च्याम्पियन

लोकपथ
42
Shares

काठमाडौं । कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ उमेर समूहका सिंगल्समा बुधबार च्याम्पियन भएका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिताको यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्प च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा गुप्तालाई १०–५,७–१० र १२–१० को सेटमा हराइन् । पुरुष सिंगल्समा राजवीर प्रधानले नेपाल नम्बर एक खेलाडी प्रदीप खड्कालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । उनले प्रदीपमाथि ६–४ र ६–३ ले हराएका हुन् । राजवीरसँगै प्रणव मानन्धर, आयुष्मान घले र रितिक राणाले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रणवले प्रणव खनाललाई ६–२,६–४, आयुष्मान घलले निसान श्रेष्ठलाई ७–५, ६–० तथा रितिकले निहाल जंग राणालाई ६–४, ७–५ ले हराए । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको महिला सिंगल्समा अभिलाशा विष्ट र सुनिरा थापा सेमिफाइनलमा पुगेका छन् । अभिलाशाले आद्या पौडेलबाट वाक ओभर प्राप्त गर्दा सुनिराले भने समृद्धि महर्जनलाई ६–० र ६–३ ले हराइन् । पुरुष डबल्सको उपाधिका लागि प्रदीप खड्का र आयुष्मान घलेको जोडी र प्रणव खनाल र निहालजंग राणाको जोडी उपाधिका लागि भिड्ने भएका छन् ।

गल्र्स यु–९ उमेर समूहको सिंगल्समा नैरा घले र रजिशा जोशीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नैराले साहारा कायस्थलाई ४–०, ४–० तथा रजिशाले निम्तिी कुवँरलाई समान ४–२ को सेटमा हराइन् । गल्र्सकै यु–१० उमेरसमूहको सिंगल्सको फाइनलमा सरा पन्त र नैरा घलेले प्रतिस्पर्धा गर्नेछन् । सराले ताभिशी राणालाई हराउँदा नैराले थिया श्रेष्ठलाई ६–४, ६–२ ले हराइन् ।  पुरुष ६५ वर्षमाथिको सिंगल्समा कमल थापा र ध्रुव गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा कमलले ज्ञानेन्द्र ताम्राकारलाई समान ४–० र ध्रुवले बिदुर बिष्टलाई ४–०, ४–१ ले हराए ।

कमल थापा पुरुष ५५ वर्षमाथिको सिगल्सको फाइनलमा पनि पुगेका छन् । उनले फाइनलमा मनोजविक्रम शाहसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कमलले उत्तम शेर्पालाई ६–०, ६–४, १०–८ को रोमाञ्चक सेटमा हराए । मनोजविक्रमले भने जीवन घिमिरेमाथि ०–६, ६–४ र १०–८ को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन् । पुरुष ३५ वर्षमाथि उमेरसमूहको डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीले उपाधि भिडन्त गर्ने भएका छन् ।

पुरुष ४५ वर्षमाथि डबल्समा महेश क्षेत्री र मानबहादुर कटवालको जोडी तथा दिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी फाइनलमा पुगेका छन् । पुरुषकै ५५ वर्षमाथि डबल्समा जीवन घिमिरे र सुदर्शन बिष्टको जोडी, उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, मनोज राणा र दिगेन्द्र श्रेष्ठको जोडी तथा शिवप्रसाद सेढाईं र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?