रास्वपा सभापति रवि लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि आज जिल्ला अदालत लगिँदै

लोकपथ
119
Shares

काठमाडौं । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ ।

यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले कात्तिक ४ गते को मितिमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पक्राउ परेको दिन कात्तिक २ गते (शुक्रबार) बाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसँगको बयान नसकिएकाले आज बिहीबार दोस्रोपटक म्याद माग्ने तयारी भएको कास्की प्रहरी र सरकारी वकील कार्यालयले जनाएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाईसमेत प्रहरीले आज म्याद थपका लागि कास्की अदालत लैजाने तयारी गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन् ।

रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। दिनहुँजसो रविका समर्थक र प्रहरीबीच पाखरामा घम्साघम्सी पर्दै आएको छ। अहिले पनि पोखराको सडकमा रविका समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?