संसारको एक मात्र अमर प्राणी

लोकपथ
203
Shares

काठमाडौं । यो संसारमा जन्मेका सबै प्राणीको मृत्यु निश्चित हुन्छ । जन्मेपछि मर्नै पर्ने यो प्राकृतिक नियम हो । तर प्रकृतिको यो नियमको विरुद्ध पनि संसारमा एउटा यस्तो प्राणी रहेको छ, जुन कहिल्यै मर्दैन । यो संसारको एक मात्र प्राणी जसको न जन्म हुन्छ न विनाश । यो प्राणी जेलीफिसको प्रजाति हो । जसलाई टुरिटोप्सिस डोहर्नी भनिन्छ ।

टुरिटोप्सिस डोहर्नीले अन्य जेलीफिसले जस्तै लार्भाको रूपमा आफ्नो जीवन सुरु गर्छ । जसलाई प्लानुला भनिन्छ । यो केही हप्तामा नै वयस्क अवस्थामा पुग्छ ।

टुरिटोप्सिस डोहनी एकल व्यक्तिको रूपमा यौन परिपक्वतामा पुगेपछि पूर्ण रूपमा यौन अपरिपक्व चरणमा फर्कन सक्षम भएका हुन्छन् ।

अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीकाअनुसार, वयस्क टुरिटोप्सिस डोहर्नीमा फेरि सुरुको अवस्थामा पुग्न सक्ने अर्थात् पोलिप्स बन्ने क्षमता रहेको हुन्छ । यदि यिनीहरूको शारीरिक क्षमतामा कमी आएमा र कुनै कारणवश खाना उपलब्ध नभएमा यिनीहरू पूर्ण पोलिप्समा परिणत हुन्छन् । र, फेरि जेलीफिसनै बन्छन् । यही प्रक्रियाले गर्दा यिनीहरूको जीवनचक्र धेरै पटक दोहोरिने गर्छ । त्यसैले यो प्राणीलाई अमर जेलिफिस भनिन्छ ।

यो सामान्यतः भूमध्य सागरमा पाइन्छ । यो घण्टी आकारको लगभग ४.५ मिलिमिटरको हुन्छ । यो मांसाहारी प्रजातिको जीव हो । यसले आहारमा मुख्यतः माछाको अण्डा र साना मोलस्कहरु खाने गर्छन् । यिनीहरूले खानापछि फोहोर भने मुखबाट बाहिर निकाल्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?