एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख !

लोकपथ
0
Shares

काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा सम्भवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ । दसैँअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताए ।

भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् । अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरू सार्वजनिक गरिएका छन् । गीतको एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको हो ।

गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रूपमा प्रयोग गरिएको छ । सार्वजनिक तस्बिरमा साम्राज्ञी आकर्षक लुक्समा प्रस्तुत छिन् । साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्बिरमा देख्न सकिन्छ । नेपाली सिनेमाका निर्माता न्यौपाने नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् ।

गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो)र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ । सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?